दाँत सफा, बलियो र स्वस्थ बनाउन के के गर्ने ?

  • प्रकाशित मिति : २०७७ भाद्र २७, शनिबार
  • nepaltale.com

दाँतले अनुहारको सौन्दर्य उजागर गर्छ । सौन्दर्यको लागि मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ ।

दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।

विहान उठ्ने बित्तिकै र राति सुत्नु अगाडी दाँत माझ्ने गर्नुपर्छ । यदि सुगर लगाएत अन्य शरीर को प्रतिरोधात्मक सक्ति कमजोर भएका मानिसका लागि भने हरेक पटक खाना खाए पछि दाँत माझ्नु पर्छ ।

र दाँतको पाचै भाग सफा हुने गरि ब्रस र फ्लस उपयुक्त ढंगले गर्नु पर्छ ।

दाँत माझ्दा नरम ब्रस र फ्लोराईड युक्त मन्जनको प्रयोग गर्दा उत्तम हुन्छ ।

केही खानेकुरा खाने वित्तिकै पानीले मुख कुल्ला गर्नुपर्छ । यसो गर्नाले दाँतमा फोहोर जम्न पाउँदैन । यदि दाँतको गिजाबाट रगत आउने वा गींजा सम्बन्धी रोग छ भने मन तातो पानीमा नुन राखेर विहान बेलुका सफा गर्दा पनि कम हुन्छ ।

के के गर्ने त ?

दुई बर्ष भन्दा कम उमेरको बच्चा छ भने पानीले कपास भिजाएर उसको गींजा नियमित सफा गरिदिनुपर्छ ।

बच्चा २ बर्ष पुगे पछि चाहिँ नरम ब्रसको प्रयोग गरी दाँत माझ्न लगाउँनु पर्छ ।

नियमित रुपमा दन्त चिकित्सक संग चेक जाच गराईराख्नुपर्छ ।

विस्कुट, चकलेट, टाँसिने खालका पदार्थले दाँतलाई असर गर्दछ । तेसैले यस्तो पदार्थ सेबन पछि तुरुन्त मुख कुल्ला गर्ने गर्नुपर्छ ।

हरियो सागपात, रेसायुक्त खानेकुराले दाँत र हड्डीलाई बलियो राख्छ । सन्तुलित आहारमा हामीले प्रोटिन, मिनरल, भिटामीन आदिलाई विशेष जोड दिनुपर्छ ।

भिटामिन सी पाइने बस्तुले दाँत स्वस्थ्य राख्ने हुदाँ ती बस्तु खानु फाइदाजनक हुन्छ ।

बढी गुलियो, ज्यादै तातो, चिसो र कडा बस्तु खानाले हाम्रो दाँतलाई नोक्सान गर्दछ ।तेसैले यस्तो कुरा खादा बिशेस ध्यान दिनुपर्छ ।

टुथब्रसलाई नियमितरुपमा परिवर्तन गर्नुपर्छ । ३ महिनाको अन्तरालमा त्यसलाई परिवर्तन गर्न ठीक हुन्छ । यदी ब्रस बिग्रेको जस्तो लाग्यो भने बिचैमा परिवर्तन गर्नुपर्छ । सकेसम्म राम्रो गुणस्तरको ब्रस प्रयोग गर्नुपर्छ ।

जिब्रोलाई सफा राख्ने गर्नुपर्छ । किनभने यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट पनि रोक्छ ।

अन्त्यमा हामीले सही ढंगले नियमित ब्रस गरेर मात्र दाँतलाई सफा गर्न सक्दैनौ किनभने फोहोरहरु जमेर दाँतको र गींजाको भागमा ढुंगा जस्तो दन्त लेउ बन्छ तेस्लाई निकाल्न दन्त चिकित्सककोमा गएर दाँतलाई सफा गर्नुपर्छ यसरी सफा गर्नाले दाँत र गींजा बलियो हुन्छ ।