किन हुन्छ मासिक श्रावमा गडबडी ?

  • प्रकाशित मिति : २०७७ कार्तिक ८, शनिबार
  • nepaltale.com

काठमाडौं। एउटा निश्चित चक्रमा मासिक श्राव हुनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यद्यपि कतिपयको हकमा भने यस्तो हुँदैन । कहिले छिटो वा कहिले ढिलो मासिक स्राव हुन्छ । यसरी अनियमित मासिक श्राव हुनुमा एक मात्र कारण छैन । अनेक कारणले मासिक श्रावमा गडवडी हुन्छ ।

कतिपय अवस्थामा वायु प्रदूषणले पनि महिलाको मासिक श्राव गडवडी हुनसक्छ । वायुप्रदूषणले गर्दा हर्मोनमा परिवर्तन हुने र त्यसको असर महिनावरीमा देखिने चिकित्सकहरुले बताएका छन् ।

विभिन्न अध्ययनले १४ देखि १८ वर्ष समूहका किशोरकिशोरीमा महिनावारी गडबडी हुनुमा वायु प्रदुषण एक प्रमुख कारण भएको जनाएको छ ।

तर, महिनावरी गडबडीमा वायु प्रदूषण मात्र जिम्मेवार छैन । अरु थुप्रै कारणले यस्तो समस्या हुन्छ ।

खराब जीवनशैली

खराब जीवनशैली, खराब खानपानले स्वास्थ्यमा प्रतिकुल असर पर्छ । यसमध्ये एक हो अनियमित मासिक श्राव पनि । खासगरी निस्क्रिय अनि अनियमित जीवनशैली, अनियमित र जथाभावी खानपानको कारण मासिक श्रावमा गडबडी आउन सक्छ ।

तनाव

तनावको कारण समेत मासिक श्रावमा गडबडी हुने बताइन्छ । तनावको अवस्थामा हुँदा हर्मोन असन्तुलित हुने हुँदा त्यसले मासिक श्राव गडबडी हुन्छ ।

विभिन्न रोगका कारण

कति रोगका रोगका कारण पनि ओव्युलेसनमा समस्या आउने गर्छ । त्यसैल अन्य कारण नहुँदा नहुँदै पनि मासिक श्रावमा गडबडी भएमा स्वास्थ्य जाँच गर्नु जरुरी छ ।

मदिरा सेवन

धुमपान तथा मदिराका सेवनका कारण पनि  मासिक श्रावमा गडबडी हुनसक्छ । विशेषगरी मदिराको सेवनले शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुने गर्छ, जसका कारण मासिक श्राव समेत प्रभावित हुने गर्छ ।

केही घरेलु ओखती

मासिक श्राव नियमित गराउनका लागि केही घरेलु ओखती उपयोगी हुने बताइन्छ । यद्यपि कुनै स्वास्थ्य समस्या भएमा वा गंभिर समस्याको कारण मासिक श्राव अनियमित भएको अवस्थामा भने स्वास्थ्य परीक्षण गरी चिकित्सकसँग परामर्श लिनैपर्ने हुन्छ ।

धनिया वा सौफको दानालाई काढा बनाएर नियमित सेवन गरेमा नियमित मासिक श्रावका लागि फाइदा पुग्छ । यसलाई विशेषगरी रातीको समयमा भिजाउने र  विहानको समयमा छानेर खान सकिन्छ । नियमित महिनावारी भएको अवस्थामा गाजर तथा चुकन्दरलाई पिसेर त्यसको रस सेवन गरेर पनि लाभ मिल्छ । रातभर भिजाएको मेथीलाई एक वा दुई चम्चा सेवन गर्दा पनि लाभ मिल्छ ।

मासिक श्रावको बेला पुरानो कपडा प्रयोग गर्नु कति उचित ?

मासिक श्रावको बेला सबैको निम्ती स्यानिटरी प्याड सहज उपलव्ध हुँदैन । खासगरी शहरी वा सुगम क्षेत्रमा सजिलै पाइएपनि कति ग्रामिण भेगमा यसको अभाव हुन्छ ।

हुन त स्यानिटरी प्याड सुरक्षित र आरमदायक मानिन्छ । यसको प्रयोग पनि सजिलो एवं छरितो हुन्छ । तर, जहाँ स्यानिटरी प्याडको अभाव हुन्छ, त्यहाँ पुरानो कपडा प्रयोग गर्ने गरिएको छ । पुरानो साडी, बेडकभर आदिलाई प्याडको रुपमा प्रयोग गरिन्छ । के पुरानो कपडाको प्याड प्रयोग गर्नु सहि हो त ?

-पुरानो कपडाको प्याड बनाएर लगाउँदा अतिरिक्त खर्च हुँदैन । स्यानिटरी प्याड खरिद गर्ने झन्झट पनि हुँदैन ।

– तर, यो स्यानिटरी प्याड जति सजिले र सुरक्षित भने हुँदैन । साथै विभिन्न किसिमको संक्रमणको भय पनि रहन्छ ।

– ढंग पु¥याएर सावधानीपूर्वक प्रयोग गर्ने हो भने पुरानो कपडाको प्याड बनाएर प्रयोग गर्दा कुनै हानी हुँदैन ।

– पुरानो कपडाको प्याड बनाएर प्रयोग गर्दा त्यसको सरसफाईमा भने ध्यान दिनुपर्छ । अलि थोरै थोरै समयमा  बदलिरहनु पर्छ ।

– पुरानो कपडाको प्याड बनाउने हो भने सूती या कटनको कपडा सहि हुन्छ । यसले प्राइभेट अंगमा हावा आउजाउ गर्न पनि सहज हुन्छ ।

– धेरै पुरानो कपडा भने प्रयोग नगरेकै राम्रो हो । किनभने यसले तपाईलाई एलर्जी हुनसक्छ ।

– कपडाको प्याड धेरैबेर ओसिलो राख्नु हुँदैन । यसले संक्रमणको खतरा बढाउँछ ।

– प्राइभेट अंगका साथै कपडाको सफाईमा पनि एकदमै ध्यान दिनुपर्छ ।

– कपडाले बनाएको प्याडलाई साबुन, डिर्टजेन्टले राम्ररी धुनुपर्छ । र, घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नुपर्छ ।