जेठ १७ गते देखि २३ गतेसम्मको साप्ताहिक राशिफल

  • Published Date : 2021-06-01
  • nepaltale.com

मेष-छोटो यात्रा हुनेछ । वैवाहिक प्रसंग चल्नेछ । पारिवारिक भेटघाट हुँने एवं नयाँ रोजगारीमा प्रस्ताव आउनेछ । पारिवारिक प्रेममा प्रगति देखिन्छ । साताको मध्यमा भने स्वास्थ्यमा प्रतिकुलता आउने एवम अचानक काम रोकिनेछ । काममा गडबडी हुनाले गालीगलौज मिल्न सक्नेछ । साताको अन्त्यमा भने विदेशबाट सुखद समाचार आउनेछ । काममा प्रगति देखिने एवम भाग्यले साथ दिनेछ । पुराना कामबाट फाइदा आउन थाल्नेछ ।

वृष-रमाइलोमा अनावस्यक खर्च हुनेछ । खानपिनर साथीभाइसँगको काममा एवम मनोरञ्जनमा बढी समय बित्नेछ । स्वास्थ्यमा भने सुधार आउने तथा ऋणको भार कम हुनेछ । मावली पक्षबाट फाइदा एवम पशु चौयायाबाट लाभ हुनेछ । अरुको सहयोग मिल्नाले अधुरा कामहरु बन्नेछन् । साझेदारी व्यवसायमा नयाँ योजना बन्नेछ । साताको अन्त्यमा भने अपजसको समस्या हुनेछ । ठुलाबडाले साथ छोडिदिने एवम मित्रबाट धोका हुनेछ ।



मिथुन-सन्तानको सहयोग मिल्नेछ । कला संगीत एवं आध्यात्मिक क्षेत्रमा व्यस्तता बढ्नेछ । अध्ययनको क्षेत्रबलियो बन्नेछ । आम्दानीको स्तर बढ्नाले धनको सञ्चय बढ्नेछ । मुद्दा मामिलामाप्रगतिएवमविपक्षीको डर हटेर जानेछ । स्वास्थ्यमा सुधार आउने तथानयाँकामको थालनीहुनेछ । साताको अन्त्यमाभने पारिवारिक मेलमिलाप वैदेशिकधनको फाइदाएवम्नाता सम्बन्धनयाँबन्ने अवसर मिल्नेछ ।

कर्कट-मानसिक अशान्ति बढ्नेछ । महिलावर्गसँग सम्बन्ध बिग्रिनेछ । घरायसी समस्यामा परिनेछ । आफन्तमा कुरा नमिल्नाले पारिवारिक द्वन्द बढ्नेछ । मानसिक अशान्ति एवम काममा रोकावट आउनाले योजना विफल हुनेछ । साताको मध्यमा भने आम्दानी बढ्नाले व्यापारमा सन्तुष्टि मिल्नेछ । अध्ययनमा रुचिजाने एवम कला संगीतमा प्रगति हुनेछ । अन्त्यमा स्वास्थ्य लाभ मिल्ने यात्रामा खर्च बढी हुने एवं खेलकुदमा रुचि बढ्ने तथा प्रतिस्पर्धामा जित हुनेछ ।

सिंह-काममा नयाँ जिम्मेवारी आउनेछ । उत्साह जाँगर एवं आफन्तको सहयोगले काम पूरा हुनेछ । छोटो यात्राको तय हुनेछ । साथीभाइको सहयोग मिल्नाले काम छिटो बन्नेछ । साताको मध्यमा भने काममा झमेला एवम स्वास्थ्यमा समस्या आउनेछ । महिला वर्गसँग दुश्मनी एवम आफन्त तोडिनेछन् । साताको अन्त्यमा भने अध्ययनमा सफलता एवम सन्तानबाट सुख एवम शान्तिको अनुभव मिल्नेछ । व्यापारमा सन्तुष्टि मिल्ने एवं धनको कारोबार बढ्नेछ ।

कन्या-पैतृक धनको सहयोग मिल्नेछ । भोजन एवं खानपिनमा रमाइलो मिल्नेछ । बोलीबचनले प्रभाव पार्नेछ । कुटुम्बसँग नयाँ सम्बन्ध बढ्ने एवम धनको कारोबारमा प्रगति हुनेछ । दाजुभाइले सहयोग गर्नेछन् एवम जिम्मेवारी थपिनाले काममा बोझ बढ्नेछ । साताको अन्त्यमा भने शंकाले समस्या ल्याउने, पारिवारिक द्वन्द बढ्ने एवम जग्गा जमिन एवम सम्पतिमा कलह आउनेछ । नयाँ योजनामा धोका मिल्नेछ ।

तुला-साथीभाइसँग नयाँ कार्य योजना बन्नेछ। मनोरञ्जनमा खर्च हुने एवम भ्रमणको अवसर आउनेछ । सानो यात्रा हुनेछ एवं पारिवारिक सहयोग मिल्नेछ । एवम नयाँ मित्रताबाट सहयोग मिल्नेछ। मीठो परिकारको स्वाद मिल्नेछ । जग्गा जमीनको धन सम्पत्तिमा सन्तुष्टि मिल्ने तथा काममा प्रगति हुनाले पुराना कामबाट फाइदा मिल्नेछ । साताको अन्त्यमा भने दाजुभाइको साथले पुरानो काममा सहजता मिल्नेछ । स्थान परिवर्तन हुने एवम नयाँ कामको योजना बन्नेछ ।

वृश्चिक-यात्रामा झन्झट हुनेछ । काममा बढी लागत आउनेछ । खर्चमा बृद्धि हुनेछ । स्वास्थ्यले प्रतिकुलता देखाउनेछ । अनावश्यक विवाद बढ्ने एवम धन सम्पति नोक्सानी हुनेछ । साताको मध्यमा भने परिवारको सुख मिल्ने, आफन्तमा मित्रता बढने एवम नयाँ साथीसँगभेटघाट हुनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा लाभ एवम साथीभाइको सहयोगले अधुरा काममा सफलता मिल्नेछ । कृषिकाममा राहत एवं धनआर्जन हुनेछ ।

धनु-धनको कारोवारमा वृद्धि हुनेछ । मित्रको सहयोगले आर्थिक समस्या टर्नेछ । कृषिचौपायाबाट फाइदा हुनेछ । मातृपक्षबाट सहयोग एवम मावली पक्षबाट राहत मिल्नेछ । साताको मध्यमा भने सरसामान हराउन सक्ने एवम अनावश्यक खर्चले तनाव ल्याउनेछ । यात्रामा ढिला सुस्ती एवम बाधा अड्चन आउनेछ । साताको अन्त्यमा भने पारिवारिक प्रेम बढ्ने एवम प्रेमी प्रेमिकामा मेलमिलाप कायम रहनेछ । व्यवसायिक एवं साझेदरी काममा सन्तुष्टि मिल्नेछ ।

मकर-नोकरी रोजगारीमा अवसर मिल्नेछ । राजनितीमा जिम्मेवारी थपिनेछ । ठुलाबडाले साथ दिने एवम पद प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको स्तर बढ्नाले धनको सुख मिल्नेछ । पुरानो कार्यबाट अकश्मात लाभ हुने एवम सवारी सुखमा वृद्धि हुनेछ । कृषि चौपायाबाट फाइदा एवम व्यापारमा लाभ मिल्नेछ । धनसम्पत्तिको लाभहुनेछ । साताको अन्त्यमाभने काममा झमेला आउने, नमिठो खबर मिल्ने एवम स्वास्थ्यमा समस्या देखिनेछ ।

कुम्भ-सामाजिक एवं परोपकारी काममा व्यस्तता बढ्नेछ । वैदेशिक धनको सुख मिल्नेछ । धर्मकर्ममा रुचिजाने एवम ठुलाबडाले आश्वासन दिनेछन् । काममा प्रगति देखिने एवम नयाँ योजनामा सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्नाले सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने धनको सहयोग मिल्नेछ । व्यापारमा सामान्या लाभ हुने एवम अन्नबालीबाट धन सञ्चय हुनेछ । माइतीमावली एवं आफन्तको साथ सहयोग पाइनेछ ।

मीन-साभेदारी काममा झमेला आउनेछ । काममा ढिलासुस्तीले खर्च बढ्नेछ । काममा अपजस आउनेछ । स्वास्थ्यमा समस्या आउनाले काम अधुरो रहनेछ । साताको मध्यमा भने विदेशबाट फाइदा मिल्ने, धार्मिक यात्राहुने एवम परोपकारको क्षेत्रमा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिल्ने, काममा प्रगति देखिने एवम आफन्तले सहयोग गर्नेछन् । सरकारी काममा प्रगति हुनेछ ।