१६ सय ३ कोरोना संक्रमित थपिँदा, २७ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ असार २०, आईतवार
  • nepaltale.com

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार देशका विभिन्न प्रयोगशालामा ४८७६ जनाको पीसीआर र ३२५६ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा नयाँ संक्मित फेला परेका हुन।

त्यसमध्ये काठमाडौं उपत्यकाका ४६१ जना रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा
२५५२ संक्रमित कोरोना मुक्त भएका छन्। र २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढि नदेखिनुमा परीक्षण गराउनेहरु घटेको मन्त्रालयले जनाएको छ।

सरकारी प्रयोगशालाहरुमा निशुल्क परीक्षण हुने भएकाले आशंका लागेकाहरुलाई परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।