निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस साप्ताहिक राशिफल

  • प्रकाशित मिति : २०७८ असार २७, आईतवार
  • nepaltale.com

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग पाइनेछ ।

काममा व्यस्तता बढ्ने एवम जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने घरायसी वादविवाद बढ्ने एवम् महिला वर्ग शत्रुता हुन सक्नेछ ।

वृष- पहिचान स्थापित हुनेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ । मनोरञ्जनमा खर्च हुने एवम् घुमफिरमा मन जानेछ । व्यापार व्यवसायमा वृद्धि हुनाले धनको जोहो हुनेछ ।

साताको अन्त्यमा भने व्यावसायिक यात्रा एवम् वैदेशिक काममा शुभ समाचार मिल्नेछ । बन्धु वान्धवको सहयोगले अधुरा काम पुरा हुनेछ ।

मिथुन- आर्थिक व्यय बढ्नेछ । अनावश्यक खर्च हुनाले यात्राम सास्ती मिल्नेछ । साताको मध्यमा भने व्यवसाय फस्टाउने एवम् धनसम्पति प्राप्ती हुनेछ ।

सवारी सुख एवम् भोगविलासमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने, रोजगारीमा सफलता एवम् जागिरमा उन्नतीका साथै काममा मानसम्मान मिल्नेछ ।

कर्कट- मनग्य आम्दानी हुनेछ । व्यवसायमा फाइदा हुनाले ऋणको बोझ कम हुनेछ । साताको मध्यमा भने खर्चले तनाव हुने एवम् झुटो आरोप लाग्नेछ । मनमा चिन्ता बढ्नाले फाइदा अरुलाइ हुनेछ ।

साताको अन्त्यमा भने अधुरा काम बन्ने, व्यवसायमा राहत मिल्ने एवम् अरुको काममा समय बढी खर्च हुनेछ ।

सिंह- सरकारी क्षेत्रमा फाइदा मिल्नेछ । ठूलाबडाले साथ दिनाले पदप्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको श्रोत मिल्नाले तनाव कम हुनेछ । व्यापारमा फाइदा हुनाले धन सम्पति बढ्नेछ ।

जग्गा जमिन एवम् कृषिबाट आम्दानी बढी हुनेछ । साताको अन्त्यमा भने धनको क्षय हुने, व्यर्थ खर्च गर्नुपर्ने एवम् शारीरिक पीडा एवम् यात्रामा व्यवधान हुनेछ ।

कन्या- भाग्यले साथ दिनेछ । धर्मकर्ममा रुचि जानेछ । सामाजिक एवक पारेपकार क्षेत्रमा संलग्ता बढ्नेछ । साताको मध्यमा भने कर्मको फल मिल्ने एवम् पहिचान स्थापित हुनेछ ।

जागिर एवम रोजगारीको अवसर मिल्नेछ । आफन्तको धनको सहयोगबाट आँटेको काम पुरा बढ्नेछ । आम्दानी बढ्नाले नयाँ सर मान प्राप्ती हुनेछ ।

तुला- कार्यमा ढिलासुस्ती आउनेछ । गरेको काममा अपजस मिल्नाले सामाजिक प्रतिष्ठा गिर्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने तथा वैदेशिक यात्राको अवसर मिल्नेछ ।

साताको अन्त्यमा भने राजनीतिक लाभ एवम् कार्यको कदर हुनेछ । नाम र दाम दुवै कमाइने योग देखिन्छ ।

वृश्चिक- पारिवारिक भेटघाट बन्नेछ । प्रेम सुखमा वृद्धि एवम् व्यवसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवम काममा उल्झन आउनेछ । अधुरा काम रहनाले घाटा बेहोर्नुपर्नेछ ।

साताको अन्त्यमा भने धार्मिक यात्रा हुने, परोपकारमा मन जाने एवम भाग्यले साथ दिनाले काममा सफलता मिल्नेछ ।

धनु- घर बाहिरको काममा व्यस्ता बढ्नेछ । खेलकुदमा प्रगति एवम स्वास्थ्यमा सुधार हुनेछ । प्रेममा खुशियाली बढ्ने, साझेदारी व्यवसायमा नाफा मिल्नेछ । काममा प्रशंसा मिल्नाले आत्मबल बढ्नेछ ।

साताको अन्त्यमा भने अवरोधको सिर्जना, ऋण लाग्ने एवम अरुको अपजस आफुलाई लाग्नेछ ।

मकर- कृषि एवं माटोबाट धनार्जन हुनेछ । अध्ययनले सफलता पाउनेछ । सांगितिक क्षेत्रमा प्रगति एवम सन्तानबाट सहयोग मिल्नेछ । ऋणको भार कम हुने एवम् व्यवसायमा प्रगति देखिन्छ । साताको अन्त्यमा भने यात्राको योग बन्ने एवम् पारिवारिक सहयोग मिल्नाले आँटेको काममा प्रगति हुनेछ ।

कुम्भ- पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने व्यापारमा वृद्धि एवम् सन्तानको प्रगति हुनेछ ।

यात्रामा खर्च बढ्नाले पैसाको अभाव रहनेछ । साताको अन्त्यमा भने साथीभाइ भेटघाट एवम् पारिवारिक व्यस्तता बढ्नेछ । धनको सहयोग मिल्नाले तनाव कम हुनेछ ।

मीन- छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी कामबाट फाइदा मिल्नेछ । आत्मबल बढ्नाले काममा प्रगति देखिन्छ । साताको मध्यमा भने पारिवारिक मनमुटाव एवम् स्वास्थ्यमा समस्या हुनेछ ।

साताको अन्त्यमा भने सम्पति कारोबार बढ्ने, छोराछोरीको सहयोग मिल्ने एवम कला साहित्यमा विशेष रुचि जानेछ ।