मकवानपुरमा खोलामा डुबेर एक बालकको मृत्यु

  • प्रकाशित मिति : २०८० जेष्ठ २१, आईतवार
  • nepaltale.com

मकवानपुरमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । बकैया गाउँपालिका–६, बेसीटोल बस्ने अन्दाजी ११ वर्षीय सन्देश बोम्जनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उनी शनिबार विद्यालय छुट्टी भएको समयमा साथीहरूसँग घर नजिकैको बकैया खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा बकैया खोलामा डुबेर बोम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्कासहित थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।