विद्यार्थीहरूले बनाए राखी, धनगढीमा गरे विक्री वितरण

  • प्रकाशित मिति : २०८० भाद्र १३, बुधबार
  • nepaltale.com

धनगढीको एसपीए कलेजमा अध्ययनरत् विद्यार्थीहरुले हस्तनिर्मित रक्षा धागो (राखी) बनाएर बिक्रीवितरण गरेका छन।

यतिबेला एसपीए स्मल स्केल इन्टरप्रेनियर्स र थियटर एण्ड आर्टस क्लबका विद्यार्थीहरुले बनाएको हस्तनिर्मित रक्षा धागोमा स्थानीय धनगढीबासीको आकर्षण देखिएको हो ।

भारतलगायत देशबाट आयातित रक्षा धागोहरु कच्चा, कम गुणस्तरका र बढी कस्मेटिकयुक्त हुने भएकाले ती भन्दा हस्तनिर्मित रक्षा धागोमा स्थानीयको आकर्षण देखिएको स्मल स्केल इन्टरप्रेनियर्सका अध्यक्ष प्रिन्स पन्तले बताए ।

विधार्थीहरुले एसपीए कलेज परिसर तथा धनगढी चौराहामा स्टल राखेका छन् । स्टलमा विभिन्न डिजायका रक्षा धागोहरु उपलब्ध छन् ।

कलेजले विद्यार्थीहरुमा उद्दमशीलता विकास गर्न उक्त क्लबको गठन गरिएको हो । उक्त क्लबबाट विद्यार्थीहरुले सा साना व्यवसायउन्मुख क्रियाकलापहरु गर्दै आएका छन् ।