स्याङ्जामा डेंगीबाट एक जनाको मृत्यु

  • प्रकाशित मिति : २०८० भाद्र १७, आईतवार
  • नेपाल टेल

डेंगी सङ्क्रमणबाट वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको आज ज्यान गएको छ ।

डेंगी सङ्क्रमण देखिएपछि वालिङ-१३ का उनी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखाले जनाएको छ ।

गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा चार जनामा डेंगी देखिएको थियो ।