गायिका तथा नेकपा एमालेकी नेतृ कोमल वलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा आज काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।
शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा उनको निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । उनी हड्डीसँग सम्बन्धित रोगबाट पीडित थिइन् । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।