ट्राफिक प्रहरीले भन्यो – मंसिर ७ मा अत्यावश्यक भएमात्रै बाहिर निस्कनु

  • प्रकाशित मिति : २०८० मंसिर ६, बुधबार
  • nepaltale.com

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक भएमात्रै सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले मंसिर ७ गते विभन्नि समूहले र्‍याली, जुलुसका साथै विरोध प्रदर्शन गर्ने बुझिएकाले सवारी आवागमनमा असहजता हुने भन्दै अत्यावस्यक भएमात्रै बाहिर निस्कन आग्रह गरेको हो ।

ट्राफिक कार्यालयले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न साथै ट्राफिक एफ. एम. ९५.५ मेगाहर्ज सुनी सडकको अवस्था जानकारी लिन पनि आग्रह गरेको छ ।