दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँबाट सात स्थानमा जम्मा भइ तोकिएको रुट प्रयोग गरेर बल्खुमा भेला हुन अनुरोध गरेको छ । भक्तपुर क्षेत्र र साँगा नाकाबाट छिर्नेलाई सिधै बल्खुमा जम्मा हुन भनिएको छ ।
उक्त अभियानका सह-प्रवक्ता राजानन्द माण्डव्यले एक सूचना जारी गर्दै महाराजगञ्ज, गंगबु, बुढानीलकण्ठ, टोखा, बालाजु र ककनी नाकाबाट छिर्ने सबैलाई गोङ्गबुमा जम्मा भएर गल्फुपाखा, स्रोह्रखुट्टे, ढल्कु, कालीमाटी हुँदै बल्खु आउन भनेका छन् ।