सामान्य बन्दै बल्खु क्षेत्र

  • प्रकाशित मिति : २०८० मंसिर ७, बिहीबार
  • nepaltale.com

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको प्रदर्शन सकिएपछि बल्खु क्षेत्र सामान्य बन्दै गएको छ । प्रदर्शनकारी घरतर्फ लागेसँगै अहिले सो क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो ।

अवस्था सामान्य बन्दै गएपछि बल्खु–कलङ्की सडकमा अहिले ट्राफिक प्रहरी समेत पूर्ववत् अवस्थामा फर्किएका छन् । प्रदर्शनकारीको भीड बिस्तारै पातलिँदै गएको छ । यसअघि दिउँसो दुईपक्षबीच पटकपटक झडप भएको थियो ।