दोर्दी गाउँपालिकामा समलिंगी विवाह दर्ता

  • प्रकाशित मिति : २०८० मंसिर १४, बिहीबार
  • nepaltale.com

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ मा समलिंगी विवाह दर्ता भएको छ । कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डे र दोर्दी गाउँपालिका २ का राम बहादुर गुरुङले समलिंगी विवाह गरेका हुन् ।

उनीहरुको सामाजिक परम्परा अनुसार विवाह भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह गरेको वडाले जनाएको छ ।