जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ

  • प्रकाशित मिति : २०८० मंसिर १७, आईतवार
  • nepaltale.com

ललितपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् ।

कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्‍याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका अनुसार श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ७३ हजार १ सय १० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।