प्रधानसेनापति शर्माको अमेरिकी नेशनल सेक्युरिटीका डाइरेक्टर एडमिरलसँग शिष्‍टाचार भेटवार्ता

  • प्रकाशित मिति : २०८० मंसिर २०, बुधबार
  • nepaltale.com

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी नेशनल सेक्युरिटी काउन्सिलका सिनियर डाइरेक्टर एडमिरल इलियन ल्याउब्याचर सँग शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालयमा बुधबार दुई पक्षीय वार्ता भएको हो । दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

सोही भेटघाटमा नेपालका लागि अमेरिकी राजदूत डीन आर थोम्पसनको समेत उपस्थिति थियो । यस किसिमको भेटघाटले दुई देश बीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउनेमा विश्‍वस्त रहेको नेपाली सेनाले उल्लेख गरेको छ ।