नेपाल जेसीजद्वारा व्यवसायी न्यौपाने सम्मानित

  • प्रकाशित मिति : २०८० पुष २, सोमबार
  • nepaltale.com

नेपाल जेसीजले रामइन्द्र न्यौपानेलाई सम्मान गरेको छ । बुटवलमा आयोजित नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा न्यौपाने सम्मानित भएका हुन् ।

न्यौपानेलाई उद्यमशिलताको माध्यमबाट समाज तथा राष्ट्रको लागि विशेष योगदान पुर्‍याएकोमा जेसीजले सम्मान गरेको जनाएको छ । वेभ ट्रेडिङ कन्सर्नका सञ्चालकसमेत रहेका न्यौपाने धुलिखेल जेसिजका वर्ष २०१६ अध्यक्ष पनि हुन् ।

उनले विभिन्न सामाजिक संघ संस्थामा नेतृत्त्वदायी भूमिका निर्वाह गरि सकिसकेका छन् ।