टी-२० विश्वकपमा एउटा पनि खेल नखेल्दै नेपाललाई २ अंक ?

आगामी पुरुष टी–२० विश्वकपमा भाग लिन भारत यात्रा नगर्ने बंगलादेश क्रिकेट बोर्डको निर्णयले नेपालले एक खेल नखेल्दै २ अंक प्राप्त गर्न सक्ने देखिएको छ । आफ्नो खेल भारतबाहिर श्रीलंकामा सार्न बंगलादेश क्रिकेट बोर्डले आइसीसीलाई आग्रह गरेको भए पनि आइसीसीले बीसीबीको आग्रह अस्वीकार गरेको छ ।
आइसीसीले बंगलादेशको आग्रह अस्वीकार गरेसँगै अब बंगलादेशका खेलहरू श्रीलंकामा सारिने छैनन् । बंगलादेशले भारतमा नखेल्ने निर्णय गरिसकेको छ । यस्तोमा अब बंगलादेश भारतको अगाडि झुक्ने र भारतमै आएर खेल्ने वा खेल्दै नखेल्ने २ विकल्प बाँकी छन् । बंगलादेश झुकेमा नेपालले बंगलादेशसँग मुम्बइको वानखेडे स्टेडियममा खेल्नेछ ।
तर, …