७५ वर्षपछि कांग्रेसको विशेष महाधिवेशन, गगन-विश्वलाई अपार समर्थन

भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरू भएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन उद्घाटन गरे ।
भृकुटीमण्डपमा प्रतिनिधि खचाखच देखिएका छन् । महाधिवेशनस्थलको भिड र उत्साहले गगन-विश्वलाई अपार समर्थन देखाएको छ ।
उद्घाटन कार्यक्रमको सभापतित्व काठमाडौंका जिल्ला सभापति सबुजकृष्ण बानियाँले गरेका छन्। कार्यक्रममा महामन्त्री फरमूल्लाह मंसुरसहित थुप्रै केन्द्रीय सदस्यहरु सहभागी छन्।
केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित छैनन् ।
महाधिवेशन स्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन् । त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी …