नेपाली कांग्रेस विशेष महाधिवेशन : नेतृत्व चयन गरेमा वैधानिकता कति सहज ?

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा पुस २७ र २८ का लागि आह्वान गरिएको विशेष महाधिवेशनले नयाँ नेतृत्व छान्छ या सङ्कल्प प्रस्तावमात्रै पारित गर्छ भन्ने स्पष्ट छैन । यद्यपि यो विशेष महाधिवेशनले भने नीतिसँगै नयाँ नेतृत्व चयनको विषयमा पनि आवाज उठाइरहेको छ ।
नेपाली कांग्रेसकै संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भनिरहेको छ । अर्को पक्षले भने विधान पालनाकै लागि विशेष महाधिवेशन बोलाएको तर्क गरिरहेको छ । त्यसैले विशेष महाधिवेशनले जस्तोसूकै निर्णय गरे पनि यसले पार्टीभित्र विवाद समाधान हुनको साटो अझ बढ्ने सम्भावना देखिएको छ ।
संसदको चुनावको मुखमा आधिकारिकता …