आज जेठ ७ गते बुधबार, निकै राम्रो छ यी राशिको भाग्य

  • प्रकाशित मिति : २०७७ जेष्ठ ७, बुधबार
  • nepaltale.com

मिति २०७७ साल जेठ ७ गते बुधबार, ईश्वी सन् २०२० मे २० तारिख, नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि योदशी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ। मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी वढी सफलता हात पार्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ। सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिको हरेका पाईलामा समर्थन पाइने योग रहेकोछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । प्रेममा सामिप्यता वढेर जानेछ। सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा मन्दि आउनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ। कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन्।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ भने खोज तथा अनुशन्धानमा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ। शाहसिलो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।