विश्वकप खेल्न भारत नगए बंगलादेशको ठाउँमा अर्को देशलाई मौका दिने आईसीसीको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश टी-२० विश्वकप खेल्न भारत नगए अर्को देशलाई मौका दिने निर्णय गरेको छ ।
विश्वकप खेल्न भारत नजाने बंगलादेशको अडानपछि बुधवार बसेको आईसीसीको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय गर्न आईसीसीमा मतदानसमेत भएको थियो । बहुमत बोर्ड सदस्यले अर्को देशलाई मौका दिनुपर्ने मत जाहेर गरेपछि आइसीसी उक्त निर्णयमा पुगेको हो ।
आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा खेल्ने आफ्नो अडानमा फर्कन थप एक दिन दिएको छ । उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।
ईएसपीएन क्रिकइन्फोकाअनुसार बंगलादेशको ठाउँमा स्कटल्याण्डले अवसर पाउने …