प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षीको अवरोधपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।
अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ। विपक्षीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मै आएर माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।