सुधनमाथिको छानबिनमा गगनको कटाक्ष- झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

  • प्रकाशित मिति : २०८३ जेष्ठ २६, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले सम्पत्ति छानबिन गर्नको लागि आफूहरू तयार गरेको बताएका छन्। गोरखा पुगेका सभापति थापाले सरकारमा रहेकाहरूले पनि आफ्नो सम्पत्तिको स्रोत देखाउनुपर्ने बताए।

उनले भने, ‘हामी जसरी हिम्मत गरिरहेका छौँ, तपाईँहरू प्रधानमन्त्री, मन्त्री बन्नुभएको छ, त्यो प्रधानमन्त्री मन्त्री बन्दै गर्दा जुन तपाईँले आफ्नो सम्पत्ति देखाउनु भएको छ, कोही भर्खरका नौजवान साथीहरू हुनुहोला, तपाईँहरूसँग हुनुहुन्न भन्ने कुरा होइन। तर नागरिकको स्तरमा यो उमेरमा तपाईँहरूसँग यति धेरै सम्पत्ति कहाँबाट आएछ भनेर सोध्दै गर्दा वैध स्रोत देखाउन सक्नुहुन्छ? त्यो साहस तपाईँहरूसँग छ कि छैन?’



उनले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि सरकारले गरेको छानबिनमा प्रश्न उठाए।

उनले भने, ‘अहिले तपाईँहरूकै जिल्लाको देखाएको जस्तो झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ, कालेकाले मिलेर खाऊँ भाले भनेर होइन। यस्तो झन्झट किन गरिराखेको? पहिल्यै होइन भन्देको भए भइहाल्यो?’