आजको फोटो- सरकारको विरोधमा सडकमा उत्रिए व्यवसायी

  • प्रकाशित मिति : 2020-06-10
  • nepaltale.com

काठमाडौंको न्यूरोड क्षेत्रका व्यवसायी सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । पसल खोल्न पाउनुपर्ने माग गर्दै उनीहरुले सडकमा प्रदर्शन गरेका हुन् । सरकारले लगातार गरेको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएको हुँदा पसल खोल्न पाउनुपर्ने उनीहरुको माग छ ।