काठमाडौंका सडकमा शनिबार पनि सरकारविरूद्ध शान्तिपूर्ण प्रदर्शन भयो। स्वतर्फूत भेला भएका युवाहरूले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सहिदगेट अगाडि सडकमा प्लेकार्ड लिएर प्रदर्शन गरे।

उनीहरूले दश अर्बको हिसाब पारदर्शी हुनुपर्ने, १०० प्रतिशत पिसिआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने र बेसार नै कोरोनाको औषधि नभएको भन्दै प्रदर्शन गरेका हुन्।

बेसारले पहेंलै भएका युवाले ‘बेसार प्यार प्यार, काम कहिले सरकार?’ भन्ने प्लेकार्डसहित सरकारको विरोध गरे।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: