मेष– पराक्रम बढ्ने एवम् पारीवारिक भेटघाट हुनेछ । वैदेशिक यात्राको योग पर्ने एवम् साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ । साताको अन्त्यमा भने अनावश्यक झमेला आउने तथा अरुबाट धोका मिल्न सक्नेछ ।

वृष- सन्तानको सहयोग मिल्नेछ । विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवम आम्दानीको स्तर बढ्नेछ । खेलकुद एवम् प्रतिस्पर्धामा जित हुने तथा ठुला बडाबाट सहयोग मिल्नेछ । साथीभाइको सहयोगले काम बन्ने एवम् रमाइलो यात्रा हुनेछ ।

मिथुन- मित्रतामा वाधा आउनेछ । काममा बाधा आउने, स्वास्थ्यमा खर्च बढ्नेछ । मानसिक चिन्ता बढ्ने एवम् घरायसी मामिलामा समस्या आउनेछ । स्वास्थ्यले समस्या दिने एवम् मित्रबाट असहयोग हुनेछ ।

कर्कट- हतारमा काम बिग्रिनाले आर्थिक व्यय हुनेछ । छातीको बिमार देखिने एवम् स्वास्थ्यमा खर्च हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा रुचि जाने एवम् लगानीमा फाइदा मिल्नेछ । बौद्धिक जगतमा प्रशंसा मिल्नेछ ।

सिँह- कामको जिम्मेवारी थपिने एवम् छोटो यात्राको योग बन्नेछ । भाइबन्धुको सहयोग मिल्ने एवम् परिवारमा सद्भाव रहनेछ । साताको अन्त्यमा भने प्रेममा मनमुटाव हुने, आपसी झैझगडा बल्झिने देखिन्छ ।

कन्या- आलस्यताले काममा अधुरो हुनेछ । फाइदा अरुले लिनाले लगानी खेर जानेछ । हतारमा काम बिग्रिनाले अपजसको भागीदार भइनेछ । साताको मध्यमा भने धनसम्पत्तिको जोहो हुने एवम् आर्थिक सहयोग मिल्नेछ ।

तुला- सरसामान हराउन सक्नेछ । यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्च बढ्ने एवम् सरसहयोगमा धन सकिनेछ । मानसिक चिन्ता बढ्ने एवम योजनामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मित्रजन भेटघाट हुने एवम पारिवारिक सहयोग मिल्नेछ ।

वृश्चिक- माइति मावलीृ पक्षबाट सहयोग मिल्नेछ । राजनीतिमा पहुँच मिल्ने एवम सरकारी क्षेत्रबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम पारिवारिक खर्च बढ्नेछ । अनावस्यक चिन्ताले दुष्मनी बढ्नेछ ।

धनु- सरकारी काममा सफलता मिल्नेछ । ठुुलावडाको सहयोगले पुरानो काममा प्रगति हुनेछ । नोकरी, रोजगारीमा सफलता मिल्नेछ । धनसम्पत्तिको सुख मिल्ने एवम काममा जस पाइनेछ । लेखन एवम कलाकारितामा रुचि बढ्ने तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ ।

मकर- सामाजिक एवं धार्मिक काममा समय व्यातित हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । सामाजिक एवं परोपकारमा व्यस्तता हुनेछ । लामो यात्रा हुने एवम पारिवारिक भेटघाट रहनेछ । धर्म कर्ममा रुचि जाने एवम सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ ।

कुम्भ- काम अधुरो हुनेछ ।अनावश्यक लाञ्छना लाग्नेछ । काममा वाधा आउनाले खर्चको लागत बढ्नेछ । स्वास्थ्यमा समस्या हुने एवम प्रियजनबाट धोका हुनेछ । साताको मध्यमा भने धार्मिक यात्रा हुने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ ।

मीन- धन बढी खर्च हुने तथा काम लम्बेर जानेछ । साताको अन्त्यमा भने भाग्यले साथ दिने, अधुरा काम बन्ने एवम राजतिक नेतृत्वसँग राम्रो सम्बन्ध स्थापित हुनेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !