ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थल मानिन्छ । हिमालको फेदमा लेक लाग्ने ठाउँमा भएकाले पाथीभराको दर्शन गर्न त्यति सजिलो चाँहि छैन ।

यात्रा कठिन भएकै कारण धेरै मानिसले यो सुन्दरस्थलको अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन सहज हुन नसकेको हो ।

ताप्लेजुंगका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई मुक् तुबुङ भनेर चिन्दछन् । लिम्बूभाषामा मुक् र तु को अर्थ शक्ति वा बल, र बुङ को अर्थ बोट भन्ने जनाउँछ ।

पाथीभरा मन्दिर धार्मिक हिसाबले जति महत्व रहेको छ प्राकृतिक सन्दरता पनि त्यतिकै भरिपूर्ण छ । पाथीभरा मन्दिरबाट पूर्वी नेपालका पाँच हिमश्रृखलाको दृष्य अवलोक गर्न पनि सकिन्छ ।

मन्दिर क्षेत्रबाट कुम्भकर्ण (७७१०मी.), कञ्चनजङ्घा (८५८६) मकालु (८४६३), लोत्से (८५१६) र नोत्से (७८५५) हिमालको दृश्यावलोकनगर्न सकिन्छ ।

पाथीभरा मन्दिरलाई नेपालमा मात्रै होइन, भारतका हिन्दू धर्मालम्वीहरुको पनि आस्थाको केन्द्रका रुपमा लिइने गरिन्छ । पाथीभरा दर्शनका लागि बाह्य र आन्तरिक गरी वाषिर्क २ लाख भक्तजन आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: