काठमाडौं। आज साउन १५ नेपालीहरुले खीर खाने दिन हो । धेरै नेपालीहरुले यो दिनलाई खीर खाने दिनको रुपमा मनाउँदै आएका छन् । आजको दिन सबैको घरमा खीर पाक्ने गर्छ । सबैको घरमा खीर पाकेपनि मिठो खीर कसरी बनाउने त्यो थाहा नहुन सक्छ । आज यो लेखले तपाईहरुलाई मिठो खीर बनाउन सिकाउने छ ।

खीर बनाउन चाहिने आवश्यक सामग्री

– दुध  १ लिटर

– चिनी  (आवश्यक मात्रामा)

– चामल (बासमती वा ताइचिन)  (आवश्यक मात्रामा)

– काजुका टुक्रा २ सानो चम्चा

– नरिवलका टुक्रा  २ सानो चम्चा

– छोकडाका टुक्रा २ सानो चम्चा

– सुकुमेल  २÷३ पिस

– किसमिस  ६÷७ पिस

– ल्वाङ  २÷३ पिस

– तेजपात  १÷२ पात

खीर बनाउने तरिका

– सर्वप्रथम चामललाई केलाएर सफा पार्नुहोस् ।

– खीर बनाउन आवश्यक चामललाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।

– चुलोमा आगो बाल्ने र दुध हालेर डेक्ची बसाल्ने ।

– दुधलाई राम्ररी तात्न दिने ।

– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने ।

– आगोमा दुध र चामल केही मिनेटसम्म पकाउने ।

– दुधमा चामल छड्किन थालेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा,चिनी, तेजपात हालेर छोप्ने ।

– चामल र मसलालाई सानो आगोमा १२÷१५ मिनटसम्म पकाउने ।

– यसरी तपाईको खीर तयार हुन्छ । त्यसपछि खीरलाई चुलोबाट उतार्ने र मनतातो अवस्थामा भएपछि खीर खानुहोस् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: