कोरोनाबाट एकै दिन साढे ६ हजार बढीको मृत्यु, संक्रमितको संख्या २६ लाख नाघ्यो

  • प्रकाशित मिति : २०७७ बैशाख ११, बिहीबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६०७ जनाको मृत्यु भएको छ भने ७९ हजार ९५९ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ भने २६ लाख ३७ हजार ६७३ जना संक्रमित थएका छन्। जसमध्ये ७ लाख १७ हजार ६२५ जना उपचारपछि निको भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३४१ को मृत्यु भएको छ भने २९ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार ६५९ पुगेको छ भने ८ लाख ४८ हजार ७१७ जना संक्रमित भएका छन्।

त्यस्तै यूकेमा पछिल्लो २४ घण्टामा ७६३ जनाको मृत्यु भएको छ भने ४ हजार ४५१ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै यूकेमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार एक सय पुगेको छ भने १ लाख ३३ हजार ४९५ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा ४३५ जना, इटलीमा ४३७ जना, फ्रान्समा ५४४ जना, जर्मनमा २२९ जना, बेल्जियममा २६४ जनाको मृत्यु भएको छ।