थप ५८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६८

  • प्रकाशित मिति : २०७७ भाद्र १, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।



पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १३९, ललितपुरमा १५  र भक्तपुरमा १४  जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।