चितवनमा निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले चलायो गोली

  • प्रकाशित मिति : २०७७ भाद्र १, सोमबार
  • नेपाल टेल संवाददाता

चितवन । चितवनमा निषेधाज्ञा उल्ल‌घन गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ ।  चितवनको राप्ती नगरपालिका-१ लोथरमा निषेधाज्ञा लागू गराउने क्रममा आज प्रहरीले हवाई फायर गरेको हो ।

करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले बताए ।



कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले जारी गरेको निषेधाज्ञाको निर्णयलाई नमान्ने भन्दै स्थानीय बिरोधमा उत्रिएपछि प्रहरीले हवाइ फायर गरेको थियो ।

मानिसहरु भेला भएका कारण नजिक गएर सम्झाउन नसकिएको उनले बताए ।

मानिसहरुलाई सामाजिक दूरी काय गराउनका लागि हावामा गोली चलाएको र मानिसहरुलाई भगएको लामाले बताए ।

हवाइ फायर गरेसँगै स्थिति सामान्य बनेको उनले जानकारी दिए ।