काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा २८ हजार २ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।