उपप्रधानमन्त्रीले ओढाए राष्ट्रकविलाई राष्ट्रिय झण्डा

  • प्रकाशित मिति : २०७७ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । दिवंगत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन् ।

रक्षामन्त्री पोखरेलले बुधबार बिहान लैनचौरथित निवासमा गएर घिमिरेलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।



घिमिरेको अन्तिम संस्कार बुधबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिँदै छ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो ।