काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूमा कोरोनाभाइरस संक्रमण भएको बताएका छन्।
मंगलबार आएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएकाले कोरोना संक्रमण पुष्टि भएको कोइरालाले बताए।
संक्रमण भएसँगै कोइरालाले आफू होम आइसोलेसनमा बसेको जानकारी दिए। संक्रमण भएपनि आफूलाई कुनै समस्या नदेखिएको उनले बताएकाा छन् ।
‘आज गरिएको परीक्षणमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ कोइरालाले भने, ‘हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन।’
चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसन बसेको उनले जानकारी दिए।
आफ्नो सम्पर्कमा आएकाहरुलाई सजगता आपनाउन उनले आग्रह गरेका छन् ।
‘मसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा सजगता अपनाउनु हुन अनुरोध गर्दछु,’ कोइरालाले भने।