निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयका विज्ञको सुझाव

  • प्रकाशित मिति : २०७७ भाद्र २४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना संक्रमणको दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सुझाव दिएका छन्।

अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै विज्ञहरुले एक साता लम्ब्याउन सुझाव दिएका हुन।



‘५ सय भन्दा बढी एक्टिभ केस भएको ठाँउमा लकडाउन गर्नुपर्छ भन्ने मन्त्रालयको नीति छ’ एक विज्ञले भने, ‘नीतिअनुसार खुकुलो बनाउन मिल्दैन।’

यसैबीच, उपत्यकाका ३ वटै जिल्लाका सिडिओहरुले निषेधाज्ञा थप्ने/नथप्ने बारे छलफल गरिरहेका छन्।

साँझ ५ बजेसम्ममा कुनै निर्णय हुनसक्ने बताइएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले गत ३ भदौदेखि जारी गरेको निषेधाज्ञा आज राति सकिँदै छ ।