काठमाडौं उपत्यकामा ४३१ संक्रमित थपिए, ५ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ भाद्र २७, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।