शुक्रबार थप २ हजार २० जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ आश्विन २, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। शुक्रबार थप २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल २ हजार २० जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५९३ जना  पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४३ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ८७१ जना कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार ३८३ जना उपचाररत छन् ।



यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ सय ९० पुगेको छ ।