पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी, मुल ढोकाबाट नै दर्शन गर्नुपर्ने

  • प्रकाशित मिति : २०७७ आश्विन ५, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्येनजर गर्दै खोल्न लागिएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गर्न लागिएको हो ।



विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरू खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी गरिएको र आन्तरिक तयारी भइरहेकोले सरकारको निर्णय आउनेबित्तिकै मन्दिर खोल्न सकिने कोषले जनाएको छ ।

आफूहरू सरकारको निर्णय पर्खिरहेको पनि बताए । मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने कोषले जनाएको छ ।