काठमाडौं । विश्वमा एकैदिन दुई लाख बढीमा संक्रमण देखिएको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन दुई लाख २५ हजार ६ सय २० जनामा संक्रमण देखिएको छ ।
यसरी विश्भर कोरोना संक्रमितको संख्या तीन करोड १४ लाख ७ हजार ९ सय ७३ पुगेको छ ।
त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ३ हजार ९ सय ८५ जनाले ज्यान गुमाएका छन् ।
यसरी विश्भर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९ लाख ६८ हजार ८ सय ७० पुगेको छ । विश्वमा दुई करोड ३० लाख ३८ हजार ८ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन् ।