सात महिने बालिकासहित चितवनमा २३ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ आश्विन ६, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडाैं । भरतपुर अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालका अनुसार चितवनका २२ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका तीन महिला र एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।

बाँकी एक जना भने भने बारा जितपुरकी ६८ वर्षीया महिला रहेको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।