नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ आश्विन ६, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।