काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले कुलमान घिसिङको समर्थकलाई पाखे नभएको स्पष्ट पारेका छन्।
हाल सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरल भइरहेको छ। जसमा थापाले कुलमानका समर्थकलाई पाखे भनेको सुन्न सकिन्छ।
उक्त भिडियो क्लिप भाइरल भएपछि थापाले सामाजिक सञ्जालमार्फत आफूले त्यस्तो नभनेको तर, आफ्नो भनाईलाई इडिट गरिएको आरोप लगाएका छन्।