आज थप २ हजार २४० जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ आश्विन १९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आज नेपालमा थप २ हजार २४० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ।



त्यस्तै यस अवधिमा १ हजार १३३ जना कोरोनाबाट निको भएका छन्।

यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।

त्यसतै पछिल्लो २४ घण्टामा मृतक थप १९ जनामा कोरोना पुष्टि भएको छ।

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।