आज केही ठाउँमा हल्का पानी पर्ने

  • प्रकाशित मिति : २०७७ आश्विन २८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आज पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर हुँदै भारतको तेलंगानाबाट पश्चिम, उत्तरपश्चिम तिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव पर्ने मौसमविद्हरुले जनाएका छन् ।

यसकै प्रभावले आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भई एक दुई ठाउँमा हल्का पानी पर्ने भएको हो ।

यस्तै राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका का एक दुई ठाउँमा भने हल्का पानी पर्ने सम्भावना छ ।