काठमाडौं । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ ।
अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ ।
वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् ।
अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् ।
जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ ।
११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् ।
२ लाख २५ हजारको भने ज्यान गएको छ ।
यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् ।
१ लाख १५ हजारको ज्यान गएको छ ।