काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५६ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।
७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ७०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १ लाख १६ हजार ६५३ पुगेको छ ।