विश्वमा एकैदिन ४ लाख ५२ हजार बढीमा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ कार्तिक ९, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण भएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा गएको २४ घण्टामा ४ लाख ५२ हजार ४ सय ६२ जनामा संक्रमण देखिएको हो ।



यसरी विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख १७ हजार ८ सय ६२ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन ५ हजार ५ सय ९२ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ३ सय ५ पुगेको छ ।

त्यसै गरी विश्व्मा ३ करोड १६ लाख ५९ हजार ९ सय ८६ जना संक्रमित उपचारपछि निको भएका छन् ।