धनगढी । विजया दशैंको टीकाका दिन घरमा कोही नभएको मौका छोपी छिमेकी महिलामाथि बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।
छिमेकी ३४ वर्षीया महिलामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–२ का ३२ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।
पीडित महिलाले दिएको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुख्खड (कैलाली)का प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहोराले जानकारी दिए ।
पीडित महिलाले प्रहरीलाई दिएको उजुरीमा ३२ वर्षीया छिमेकी पुरुषले दशैंको टीकाका दिन घरमा कोही नभएको मौका छोपी घरमै आएर आफूमाथि बलात्कार गरेको उल्लेख गरेकी छन् ।
बलात्कार आरोपमा पक्राउ परेका ३२ वर्षीय पुरुषलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली (धनगढी) चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।