काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा तप २ हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।