विश्वभर तीन करोड ३७ लाख बढी कोरोना संक्रमणमुक्त

  • प्रकाशित मिति : २०७७ कार्तिक १७, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ३७ लाख ४२ हजार ७३१ पुगेको छ ।

निको हुनेको संख्या कूल संक्रमितको ७२ प्रतिशत हो । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ६८ लाख चार हजार ४२३ पुगेको छ ।



हाल सक्रिय संक्रमितको संख्या एक करोड १८ लाख ५६ हजार ६३७ रहेको छ।